जिल्ला विकास समिति, कपिलवस्तु
कपिलवस्तु अर्थात पूर्वीय शांख्यदर्शनका प्रणेता कपिल महर्षिको तपोभूमी शाक्यवंशीय राजा शुद्धोधनको राजधानी एशियाका तारा तथा विश्व शान्ति र मानवताका अग्रनायक एवं भगवान गौतम बुद्धको किडास्थल । प्राचीन सभ्यताको धरोहर अवधी एवं थारु संस्कृति र परंपराको जननी । धार्मिक सास्कृतिक पुरातात्विक ऐतिहासिक एवं पर्यटकिय क्षेत्र ।
यो क्षेत्र समुन्द् सतहबाट ९३ देखि १४ सय ९१ मीटरको उचाईमा अवस्थित छ । प्राकृतिक संम्पदाले िसंगारिएको यस ठाउमा आउने पर्यटकका लागी समथर मैदान देखि चुरे पहाडका उच्च टाकुरा जैविक विविधताले भरिपूर्ण विश्व सीमसार क्षेत्रदेखि लिएर विश्व सांस्कृतिक संपदामा सूचिकृत हुन तयार सांस्कृतिक एवं पूरातात्विक अन्वेषण र ऐतिहासिक स्मारकको अवलोकन गर्न पाउने ठाउँहरु छन । खोजकर्ता शोधकर्ता तथा मनोरंजनका लागि आएका यायावरहरुको तीर्थाटनका लागि आएका श्रद्धालु भक्तजनको स्वागतार्थ अगालो भरिको माया दिन आतुर छ ।
कपलिवस्तु जिल्ला सिङ्गै पूरातात्विक संग्रहालय हो । यहाँ वाणगंगा देखि पूर्व कोठी देखि पश्चिम भारतीय सीमा देखि उत्तर महेन्द्र राजमार्गदेखि दक्षिण यति चौकिल्ला भित्र मात्रै १ सय ३८ वटा बुद्धसंग सम्बन्धित ऐतिहासिक स्थलको पहिचान भैसकेको छ । यो जिल्ला वन-जंगलले प्राकृतिक उद्यानका रुपमा काम गरेको छ । वाणगंगा कोइली अर्रा सुसई चिरई आदि नदीले नागबेली आकारमा यहाँको भूभागलाई िसंचन गर्ने काम गरेका छन । ५००००० जनसंख्या भएको ठाउँ आपसी सदभाव र सहिष्णुताको उदाहरण पनि हो । व्यापारिक पर्यटनको पनि यहाँ प्रचुर विकास भएको छ ।
 
दामोदर भण्डारी
स्थानीय विकास अधिकारी